नेपाललाई पावर प्लेमा ४७ रन – Nepal Press

नेपाललाई पावर प्लेमा ४७ रन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नामिबिया विरुद्ध नेपालले पावर प्लेमा ४७ रन बनाएको छ ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ४७ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख पहिलो ओभरको अन्तिम बल बाँकी रहँदा कुनै पनि रन नजोडी आउट भएका थिए । उनलाई बर्नार्ड स्कोजले बोल्ड आउट गरेका थिए ।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा ३ चौका र १ छक्का सहित २१ रन र तेस्रो नम्बरमा क्रिजमा आएका ज्ञानेन्द्र मल्ले २९ बलमा ३ चौकासहित २० रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर