पार्टी प्रशिक्षणका लागि झलनाथ खनाल धनगढीमा – Nepal Press

पार्टी प्रशिक्षणका लागि झलनाथ खनाल धनगढीमा

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्।

मंगलवार खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिम को अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।

हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ।

हिजो अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन् ।

पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर