रास्वपा बैठक जारी : एजेण्डामा उपनिर्वाचन र समसामयिक विषय – Nepal Press

रास्वपा बैठक जारी : एजेण्डामा उपनिर्वाचन र समसामयिक विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ । समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल गर्न बैठक बसेको रास्वपा नेतृ सोविता गौतमले बताइन् ।

यस्तै बैठकमा उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका सभापति रवि लामिछाने फेरि चुनाव लड्ने तयारीमा छन् ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर