रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने – Nepal Press

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।

रास्वपा नेतृ सोबिता गौतमले पार्टी कार्यालयमा दिउँसो बस्ने बैठकमा समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने बताइन् ।

बैठक दिउँसाे ३ बजेका लागि आह्वान भएकाे छ ।

यस्तै उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने बुझिएकाे छ ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर