जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय  गरिएको बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए ।

उनले भने, ‘हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलनले यसको औचित्य सिद्धका गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र यसले ल्याएको परिवर्तन माओवादीको मात्रै नभएर समग्र राष्ट्र र जनताको सम्पत्ति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर