बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता, उपाधि यात्रा सहज बन्दै – Nepal Press

बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता, उपाधि यात्रा सहज बन्दै

काठमाडौं । पेड्रीको निर्णायक गोलमा भियारियललाई १–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

आइतबार राती सम्पन्न खेलको १८औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा लिएको अग्रता अन्तिमसम्म कायम राख्दै बार्सिलोनाले तालिकामा तीन अंक जोडेको हो ।

जितसँगै बार्सिलोनाले २१ खेलमा १८ जित २ बराबरी र १ हारको नतिजा निकाल्दै ५६ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा ११ अंक बढी हो । अग्रता फराकिलो पारेसँगै बार्सिलोनाले उपाधि यात्रा सहज बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडको २० खेलमा १४ जित तिन हार र तीन बराबरीको नतिजासहित ४५ अंक छ ।

भियारियल ३१ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर