जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री दाहाल – Nepal Press

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।

२८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवसका रूपमा रहेको बताए ।

उनले जनयुद्धको २८औँ वार्षिकोत्सवको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तन प्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्य लाभको शुभेच्छासहित दीर्घ जीवनको कामना गर्दछु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाउँदै उनले साहस, वीरता र उत्सर्गको त्यस ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताएका छन् ।

‘वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ’, प्रधानमन्त्री दाहालले भनेका छन् ।

‘महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाउँदै उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरे ।

प्रतिक्रिया

One thought on “जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री दाहाल

  1. जनयुद्ध त् गरिस तर कसको इसारामा ??? व्यवस्था त् परिवर्तन भयो तर नेपाली गरिव जनता को अवस्था परिवर्तन भएन खाली कुत्ता दलाल चुतिया हरामी डाका प्रचंडे , पुन , जनार्दन , श्रेष्ठ इत्यादी सरदारका जीवन स्थर एलन मस्क वा बिलगेट्स भन्दा कैयन गुना बढी भयो —-मुकुण्डोधारी खर्व पति नक्कली वामपन्थी –अब तिमीहरुले चुतिया बनाउने भने को तिमीहरुकै पैसामा बिकेका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता लाई नै हो किनके यी कुत्ता हरामी झोले को जिन्दगि सरदारले(चुतिया नेताहरु ले) भ्रस्टाचार गरि कमाएको पैसा बाट चलेको हुन्छ –थुक्क नरभछि पशु हरु हो कति डस छौ नेपाल आमा लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर