राप्रवि संगठनको केन्द्रीय महाधिवेशन आगामी साउनभित्र गर्ने निर्णय – Nepal Press

राप्रवि संगठनको केन्द्रीय महाधिवेशन आगामी साउनभित्र गर्ने निर्णय

कमल रजवारको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले केन्द्रीय महाधिवेशन आगामी २०८० साउन मसान्तसम्ममा गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा माघ २८ र २९ गते चलेको राष्ट्रिय भेलाले केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रिय भेलाले सम्पूर्ण जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट विस्तार गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, भेलामा प्रस्तुत गरिएको विधानलाई संशोधनसहित आगामी महाधिवेशनमा पेश गर्ने अनुमति प्रदान गरिएको छ । भेलाले महाधिवेशन सञ्चालनका लागि कमल रजवार (बम)को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

त्यस्तै, आगामी स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उमेदवार उठाउने पनि भेलाले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनको भेलाले पाठ्यपुस्तक समयमै पुर्याउन पनि सरकारसँग माग गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर