मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा कांग्रेस प्रदेश सभापति बलायरलाई – Nepal Press

मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा कांग्रेस प्रदेश सभापति बलायरलाई

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत जुटाउने जिम्मा सुदूरपश्चिम प्रदेश पार्टी सभापति वीरबहादुर बलायरलाई दिइएको छ ।

धनगढीमा आइतबार बसेको प्रदेश पार्टी कार्यसमिति बैठकले पूर्वमन्त्री एवं पार्टीका प्रदेश सभापति बलायरलाई विश्वासको मतका लागि वार्ता र संवाद गर्ने जिम्मा दिइएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।

उनले भने, ‘हुन त केन्द्रबाटै पनि यस विषयमा छलफल भइरहेको छ । तर, प्रदेशस्तरबाट पार्टी सभापतिलाई यस विषयमा संवाद र छलफल गर्ने जिम्मा दिने निर्णय भएको छ ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री भएका थिए । उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

अहिले कांग्रेससँग आफ्ना १९ सांसद र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । शाहलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । स्वतन्त्र जितेका एक सांसद पनि कांग्रेससँगै रहने अवस्थामा अझै ३ मत अपुग छ ।

मुख्यमन्त्री शाहले माओवादी वा नागरिक उन्मुक्तिको मत नपाए एक महिनापछि सरकारबाट बाहिरिनुपर्नेछ । त्यसैले कांग्रेसले माओवादी र नागरिक उन्मुक्तिसँग आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर