राष्ट्र बैंक पूँजी बजारप्रति नकारात्मक छैन: गभर्नर अधिकारी (भिडिओ) – Nepal Press

राष्ट्र बैंक पूँजी बजारप्रति नकारात्मक छैन: गभर्नर अधिकारी (भिडिओ)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पूँजी बजारप्रति नकारात्मक नरहेको बताएका छन् ।

राजधानीमा आइतबार भएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पूँजी बजारको विकास गर्न प्रतिबद्ध रहेको बताए ।

उनले शेयर बजार बढ्नु र कहिलेकाहीं घट्नु स्वाभाविक भएको बताउँदै पूँजी बजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको स्पष्ट पारे ।

‘राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुमात्रै हुन्’, उनले भने, ‘धितोपत्र बोर्डले पूँजी बजारलाई नियन्त्रण र अनुगमन गर्छ । नेपाली पूँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला ।’

विदेशी मुद्रा सञ्चिती सन्तुलनमा राख्न आयात प्रतिबन्धको नीति लिएको तर त्यो सधैंका लागि नभएको बताउँदै उनले आयात बेसमा राजस्व संकलन हुने भएकाले सुधार गर्न आवश्यक रहेको औंल्याए ।

उनले बैंकहरुसँग भएको पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा राष्ट्र बैंकले नबोलेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *