यसअघिका भ्रष्टाचारलाई बाहिर ल्याउँछौं : अर्थमन्त्री पौडेल – Nepal Press

यसअघिका भ्रष्टाचारलाई बाहिर ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनैपनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई ‘इफ, बट इन्तु परन्तु’ नभनी बाहिर ल्याउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रश्तुत भइरहेको बताए । अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको बताए ।

उनले २०४७ सालपछिका वा मल्टिपार्टी सुरु भएपछिका भष्टाचार अपराध बाहिर नआउने चर्चा भएपनि सरकारले कुनैपनि कालखण्ड गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर लाउने बताए । उनले भ्रष्टाचारजन्य अपराध गर्नेलाई सरकार कानून अनुसार दण्डित गर्न दृढ प्रतिवद्ध रहेको बताए ।

‘र्वतमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भएको छ । सरकारले नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा नै भनेका छौं’, उनले भने, ‘कुनैपनि काल खण्डका यताकता चर्चा हुने गर्छ २०४७ सालपछिका वा मल्टिपार्टी शुरु भएपछिका त्यस्तो हाइन कुनैपनि कालखण्ड र कसैले गरेका भ्रष्टाचारका अपराधहरुलाई बाहिर ल्याउँछौं । कानून अनुसार दण्डित गर्छौं भन्ने दृढप्रतिवद्धता हो । यसमा कुनैपनि प्रकारको इफ बट इन्तु परन्तु हुँदैन भन्ने कुरामा विश्वास दिलाउँछु ।’

पौडेलले राजश्व चुहावटमा संलग्नलाई कानूनको दायरामा ल्याउने र कर कानूनको परिचालन गर्ने बताए । उनले सरकारले राजश्व चुहावट नियन्त्रणमा संलग्न निकायहरुको बीचमा सूचना आदान प्रदान गर्ने र समन्वयलाई प्रभावकारी बनाउने नीति लिएको बताए ।

अर्थमन्त्री पौडेलले भन्सार राजश्व संकलनलाई व्यवस्थित गर्न सीमा नाकामा रहेका निकायहरुबीच समन्वय गर्ने, अवैध पैठारी तथा निकासी नियन्त्रण गर्न उच्चस्तरीय टोली परिचालन गरी अनुगमन गर्ने बताए । उनले राजस्व वक्यौता र असुल उपर गर्नुपर्ने बेरुजुको असुलीलाई प्राथमिकता दिने, बजार अनुगमन र अनुसन्धानात्मक कर प्रणालीलाई नजितामूलक बनाउने पनि बताए ।

उनले सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने बताए । उनले सरकारी खर्च कटौति गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *