अर्थतन्त्र चरम दबाबमा, ८ प्रतिशत आर्थिक वृद्धिदरमा चुनौती : अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

अर्थतन्त्र चरम दबाबमा, ८ प्रतिशत आर्थिक वृद्धिदरमा चुनौती : अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका छन् । आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताए ।

राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनको भनाइ छ । तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको उनले बताए । यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने पौडेलले जनाए । उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *