राष्ट्रपतिको आलोचना गरेकोप्रति एमाले सांसदको आपत्ति, रघुजी भन्छन्- गाली खाने डरले सांसदको लोगो छोपेर हिँड्छु (भिडिओ) – Nepal Press

राष्ट्रपतिको आलोचना गरेकोप्रति एमाले सांसदको आपत्ति, रघुजी भन्छन्- गाली खाने डरले सांसदको लोगो छोपेर हिँड्छु (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले राष्ट्रपति सवारीको मापदण्डलाई लोकतन्त्र अनुकूल बनाउन ध्यान नदिएको बताएका छन् ।

शुक्रबार भएको राष्ट्रपतिको सवारीलाई लिएर चर्को आलोचना भइरहेको बेलामा आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले उचित कदम नचालेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘मेरो सवारी कसरी चलाउने भन्ने राष्ट्रपतिको भूमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ । त्यसैले यो समस्याको समाधान राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको तहबाट हुनुपर्छ ।’

लोकतन्त्रमा लोकको आवाजप्रति सरकारी प्रतिबद्ध हुन नसकेको उनको भनाइ छ । उनले सांसदलाई पनि गाली गर्न थालेकाले आफूले लोगो समेत छोप्न परेको गुनासो गरे ।

उनले भने, ‘सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर