आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिने – Nepal Press

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् ।

शुक्रवार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा आइएमी जर्नल र प्रुडेन्सियल बिच प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने, दुवै कम्पनीकाबीचमा भएको प्रारम्भिक सहमती समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी सम्झौता गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *