त्रिकोणात्मक शृङ्खलाका लागि नामिबिया र स्कटल्यान्डका क्रिकेट टीम नेपालमा – Nepal Press

त्रिकोणात्मक शृङ्खलाका लागि नामिबिया र स्कटल्यान्डका क्रिकेट टीम नेपालमा

काठमाडौं । आगामी मङ्गलवारबाट आयोजना हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट शृङ्खलामा भाग लिन स्कटल्यान्ड र नामिबियाका टीम नेपाल आएका छन् । विश्वकप क्रिकेट लिग २ अन्तरगत यो प्रतियोगिता काठमाडौंमा आयोजना हुन लागेको हो ।

स्कटल्यान्डको क्रिकेट टीम तीन दिनअघि र नामिबियाको टिम शनिवार काठमाडौं आइपुगेको नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दासले जानकारी दिए । प्रतियोगितामा सहभागी तीन वटै टीमले एक अर्कासँग २–२ वटा म्याच खेल्नेछन् ।

नेपालको एक दिवसीय स्टाटस कायम राख्नका निम्ति यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टीम घोषणा गरिसकेको छ ।

प्रतियोगिताबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले कम ब्याक गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर