मेसी र एम्बाप्पेबिना मैदान उत्रिएको पीएसजी मोनाकोसँग हार्‍यो – Nepal Press

मेसी र एम्बाप्पेबिना मैदान उत्रिएको पीएसजी मोनाकोसँग हार्‍यो

काठमाडौं । लियोनल मेसी र किलियन एम्बाप्पेबिना नै मैदान उत्रिएको पीएसजी फ्रेन्च लिग वानअन्तर्ग मोनाकोसँग ३-१ गोलको नतिजामा पराजित भएको छ ।

शनिवार राति सम्पन्न खेलमा शीर्ष स्थानको पीएसजीलाई पराजित गर्न खेलको चौथो मिनेटमा एलेक्सान्ड्रा गोलोभिनले पहिलो गोल गरेका थिए ।

विसम बेन एड्डरले १८औं मिनेटमा गोल गर्दै मोनाकोको अग्रता दोब्बर पारे ।

पीएसजीका वारेन इम्रीले ३९औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोको अग्रता फराकिलो पारे ।

त्यसपछि दोस्रो हाफमा थप गोल हुन नसक्दा मोनाकोले ३-१ को सहज जित निकालेको हो ।

जितसँगै मोनाकोले २३ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएसजी ५४ अंकसहित शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर