लुम्बिनीमा मन्त्रिपरिषद् बिस्तार, गुपचुपमा मिलाइयो कृष्णा केसीको राजीनामा – Nepal Press

लुम्बिनीमा मन्त्रिपरिषद् बिस्तार, गुपचुपमा मिलाइयो कृष्णा केसीको राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् शनिवार विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीले शनिवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूको विभाग पनि तोकेका छन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीको नियुक्त र कार्य विभाजन गरेका हुन् ।

शनिवार नै राजीनामा दिएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी पनि मन्त्रिपरिषद्मा छन् । उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन भने मन्त्रीहरूको जिम्मेवारी पनि तोकिएको थिएन ।

शनिवार दिउसो राजीनामा दिएको प्रचार गरिएकी मन्त्री कृष्णा केसीको राजीनामा गुपचुपमा थामथुम पारिएको छ ।

पार्टीको आन्तरिक विवादमा उनले राजीनामा दिएको प्रचार गरिए पनि त्यो पत्र पार्टी तथा मुख्यमन्त्री कार्यालयमा पुगेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर