प्रकाशशरण महतको दाबी- अन्योलपूर्ण राजनीतिको अन्त्य गर्न कांग्रेस चाँडै सत्तामा जान्छ (भिडिओ) – Nepal Press

प्रकाशशरण महतको दाबी- अन्योलपूर्ण राजनीतिको अन्त्य गर्न कांग्रेस चाँडै सत्तामा जान्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दाबी गरेको छन्। शनिवार नुवाकोटमा महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले देशको राजनीति अन्योलपूर्ण भएको जिकिर गरे।

सत्ता गठबन्धनमा खटपट भइरहेको बेलामा उनले भने, ‘सबैभन्दा ठुलो पार्टी भएर पनि कांग्रेस अहिले सरकारमा छैन। नेपालको राजनीतिको विडम्बना। देशको विकास गर्ने पार्टी कांग्रेस हो। हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौ। हामी सत्ता बाहिर हुँदा पनि सरकारलाई जनताको आवश्यकतामा केन्द्रित हुन निरन्तर खबरदारी गर्छौँ।’

सत्तामा जाने अवसर पाउने बित्तिकै सुशासन कायम गरेर जनताको आवश्यकता पूरा गर्ने सरकार निर्माणमा केन्द्रित हुने उनको भनाइ छ।

उनले थपे, ‘कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले नेपालको राजनीति अन्योलपूर्ण भएको छ। जनताले भरोसा गरेर कांग्रेसलाई ठुलो पार्टी बनाएको थिए। तर, अनेक चलखेलको कारण अहिले बाहिर छौँ। अहिले विकास र सुशासन अन्योल परेको छ।’

अहिलेको गठबन्धनको सरकारले विकास निर्माणको कुनै काम गर्न सक्ने दाबी गरे। अहिलेको सत्ताधारी दलका नेताहरूले गफ ठुला गर्ने तर काम नगर्ने गरेको उनको भनाइ छ।

प्रतिक्रिया

One thought on “प्रकाशशरण महतको दाबी- अन्योलपूर्ण राजनीतिको अन्त्य गर्न कांग्रेस चाँडै सत्तामा जान्छ (भिडिओ)

  1. लुटेर खाईरहेकाहरू लुटन नपाएर छटपटछट गरिरहेका छन् । यिनलाई ५ वर्ष सरकारमा चियाउन पनि नदिनु पार्टी नै सकिन्छ ल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर