अन्तर्घातको उजुरीपछि माओवादी मन्त्रीको राजीनामा, राष्ट्रियसभामा कांग्रेसलाई भोट दिएको आरोप – Nepal Press

अन्तर्घातको उजुरीपछि माओवादी मन्त्रीको राजीनामा, राष्ट्रियसभामा कांग्रेसलाई भोट दिएको आरोप

दाङ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीका एक पदाधिकारीले नेपाल प्रेससँग भने- कृष्णा कमरेडले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो । छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।

उनले कृष्णालाई थप कारबाहीका लागि पार्टी हेड क्वाटरमा सिफारिस गर्ने समेत बताए । माओवादी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले आफू बैठकमा भएकाले प्रतिक्रिया दिन नमिल्ने बताए ।

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै मोबाइल स्वीच अफर गरेकी छन् ।उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर