क्यान इन्फोटेक प्रदर्शन मेलाको आकर्षण बढ्दै – Nepal Press

क्यान इन्फोटेक प्रदर्शन मेलाको आकर्षण बढ्दै

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यानको २८ औं संस्करणको सूचना प्रविधिको ठूलो मेला क्यान इन्फोटेक काठमाडौंको भृकुटीमण्डमा भइरहेको छ ।

यहि मंसिर २४ शुक्रबारदेखि सुरु भएको मेलामा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । प्रत्येक दिन १ लाखसम्मको हाराहारीमा अवलोकनकर्ताको सहभागिता भइरहेको र शुक्रबारसम्म मात्रै २ लाख ७० हजार अवलोकनकर्ताले अवलोकन गरिसकेको महासंघका अधक्ष्य चिरिन्जीवी अधिकारिले बताए ।

उनले भने ‘अघिल्लो वर्षको तुलनाामा मानिसको संख्या बढेको छ । बिजनेश ब्रान्डी्ङका रुपमा मात्रै नभएर नयाँ नेपाली स्टाटपलाई अगाडी ल्याउन क्यान ठुलो भुमीकामा रहेको छ । यस प्रदर्शन मेलामा ३५ भन्दा बढिँ नेपालीले बनाएका एपलीकेशनलाई ठाउँ दिइएको छ ।’ क्यान युवाले बनाएका एपलीकेशन, सफटव्येर र इनोभेटिब प्रोडक्टलाई प्रबर्धन गरिरहेको गरिरहेको उनले बताए ।

नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धनमा सहयोग पुर्याइरहेको यस प्रदर्शन मेलामा १९० भन्दा धेरै स्टल प्रदर्शनमा रहेको अधिकारीले बताए ।

हार्डवेयर सेल्स तथा मेन्टेनेन्स्, पावर सोलुसन्स्, यूपीएस, पेन ड्राईभ मोबाइल, क्यामेरा, ल्यापटप, , कम्प्यूटरका सफ्टवेयर, इन्टरनेट प्याकेज, , मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलि कम्युनिकेशन, , सफ्टवेयर सोलुसन्स लगायतका स्टल प्रदर्शनमा राखिएका छन् ।

‘इन्फो डेभलोपरस’ एक नेपाली सफट्व्येर कम्पनी जसले बैंक तथा वित्तीय संस्था, इनस्योरेन्स कम्पनी तथा सहकारी लगायतका संघ संस्थालाइलाई सफटव्येर बनाउने तथा मोबाइल बैक्ङि लगायतका सफटव्येर बनाउदै आइरहेको छ । सरकारी कामकाजमा पनि वर्षैदेखी संलगन हुदै आइरहेको कम्पनीका एसोसीएट रेशम भण्डारीले बताए । देशभित्र मात्रै नभएर अन्तराष्ट्रिय संघ संस्थासंग मिलेर काम गरिरहेको उनले बताए ।

त्यसैगरी विभिन्न नयाँ प्रविधिको प्रबर्धनका रुपमा रहेको क्यान देशभर प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *