अखिल क्रान्तिकारी काभ्रेले सीडीओलाई बुझायो पाँच बुँदे मागसहितको ज्ञापनपत्र – Nepal Press

अखिल क्रान्तिकारी काभ्रेले सीडीओलाई बुझायो पाँच बुँदे मागसहितको ज्ञापनपत्र

काठमाडौं । अखिल क्रान्तिकारी काभ्रेले सडक दुर्घटना जोखिम कम गर्नेलगायत पाँच बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

काभ्रेका विद्यार्थीहरु काठमाडौं पुगेर अध्ययन गर्नुपर्ने बाध्यतामा रहेको उल्लेख गर्दै क्रान्तिकारीले काभ्रे जिल्लाभरी जुनसुकै रुटमा चल्ने गाडीहरुमा विद्यार्थीहरुलाई छुटको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, जिल्लाभर चल्ने गाडीहरुमा अनिवार्य भाडादर टाँस्नुपर्ने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउन नपाइने व्यवस्था गर्नुपर्ने, सामान ओसारपोसारको वैज्ञानिक भाडादर कायम गर्नुपर्ने मागहरु क्रान्तिकारीले राखेको छ ।

त्यस्तै, आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा जिल्लाका सबै कलेजहरुमा सम्पन्न गर्नुपर्ने माग गरिएको जिल्ला संयोजक विश्वनाथ अधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारी काभ्रेले सीडीओलाई बुझायो पाँच बुँदे मागसहितको ज्ञापनपत्र

  1. तिमीहरू र तिम्रा नेताहरूलाई पैसा तिनै बस व्यवसायिले दिन्छन । सिण्डिकेट तिम्रै नेताको संरक्षणमा भैरहेको छ । अनि एउटा बबुरो सिडियोलाई भनेर हुन्छ ? चुनाव आउन लाग्यो । हामी विद्यार्थीको हकहितमा लडने हुँ भनेर देखाउन नक्कली र झुठ कुरा गर्दै छौ । यी नक्कलीलाई स्ववियु चुनावमा उठनै नसक्ने गरि बैठाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर