उर्जामन्त्री लिङ्देनले खुलाए चार वर्षदेखि रोकिएको आरओआर जलविद्युतको पीपीए – Nepal Press

उर्जामन्त्री लिङ्देनले खुलाए चार वर्षदेखि रोकिएको आरओआर जलविद्युतको पीपीए

काठमाडौं । सरकारले विगत ४ वर्षदेखि रोकिएको नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ ।

जलाशय आयोजनामा केन्द्रित हुने भन्दै नेपाल विद्युत प्राधिकरणले आरओआरको पीपीए २०७५ सालदेखि बन्द गरेको थियो । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत प्राधिकरणले बैठकले १५ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार आरओआर आयोजनाको विद्युत सुक्खा याममा (मंसिरदेखि जेठ १५ सम्म) र वर्षायाम (जेठ १५ देखि मंसिर) का लागि हाल कायम रहेको दर क्रमश ८.४०रुपैयाँ र ४.८० रुपैयाँ प्रति युनिटमा खरिद हुनेछ ।

प्राधिकरण सञ्चालक समितिले पीपीएको लागि समिति समेत गठन गरेको छ । यस अघिको उर्जामन्त्री पम्फा भुषलले पनि पिपिए खुलाउँन पहल गरेकी थिइन तर उनको कार्यकालमा सम्भव भएन । कुलमान घिसिङले धेरै आयोजना पाइपलाइनमा रहेको भन्दै जलासययुक्त आयोजनामा केन्द्रित हुन आअरओरको पीपीए रोकेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर