युनियन लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा, शेयर धनीले कति पाउँदैछन् बोनस ? – Nepal Press

युनियन लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा, शेयर धनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहीबार भैरहवामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को लागि शेयरधनीलाई ८.९७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको हालको शेयर संरचनाबमोजिम कायम रहेको चुक्ता पूँजीअनुरुप संस्थापक समूहतर्फको ७० मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गरिएको जनाइएको छ ।

यसैगरी युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौतापत्र, कम्पनीको शेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरिएको पनि बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *