थप दुई सहसचिवको सरुवा, सामान्य प्रशासनको प्रशासन महाशाखा प्रमुख बने कमल भट्टराई – Nepal Press

थप दुई सहसचिवको सरुवा, सामान्य प्रशासनको प्रशासन महाशाखा प्रमुख बने कमल भट्टराई

काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उक्त मन्त्रालयमा कार्यरत सहसचिव रघुराम विष्टको अर्थ मन्त्रालयमा सरुवा भएको हो ।

सहसचिव भट्टराई सरुवा भएपछि २ दिन अघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । भट्टराईको टुंगो लागे पनि बिष्टको भने टुंगो लागेको थिएन । सुरुमा बिष्टको सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा जाने गरी प्रस्ताव मन्त्रिपरिषद्मा गए पनि सहरी विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख प्रदिप परियारको अन्य निकायमा सरुवा हुन नसकेपछि रोकिएको थियो । उक्त मन्त्रालयमा सरुवा हुन नसकेपछि बिष्टको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

सोमबार बसेकै मन्त्रिपरिषद् बैठकले २६ जना सहसचिवको सरुवा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर