राजीनामा दिएलगत्तै सरकारी आवास छोडे रावलले – Nepal Press

राजीनामा दिएलगत्तै सरकारी आवास छोडे रावलले

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले आजै सरकारी आवास पनि छाडेका छन् । प्रदेश सभामा सम्बोधनपछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर निजी गाडीमा सरकारी निवास फर्किएका थिए ।

सरकारी निवासबाट उनी अझै महेन्द्रनगरस्थित आफ्नो निजी निवासमा लागे ।

एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन संसदमा सम्बोधन गरेका थिए । आजको बैठकमा नागरिक उन्मुक्तिका ७ सांसद सहभागी थिएनन् ।

विश्वासको मत लिने प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरे पछि विश्वासको मत नलिएरै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । आजै प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधरा ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर