नागरिक उन्मुक्तिका सांसद काठमाडौंमै, मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण – Nepal Press
सुदूरपश्चिम प्रदेश

नागरिक उन्मुक्तिका सांसद काठमाडौंमै, मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण

कैलाली । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने अन्तिम दिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर, गठबन्धनको घटक नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अहिलेसम्म कैलाली आइपुगेका छैनन् । यहाँ नागरिक उन्मुक्ति निर्णायक छ ।

नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौंमै भएकाले तीन घण्टा सारिएको बैठक पनि सुरू हुने/नहुने अन्यौल बढेको छ ।

उनीहरू अझै कैलाली आउने सम्भावना क्षीण रहेको स्रोतको दाबी छ ।

पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

तर, अहिले नागरिक उन्मुक्तिका ७ सांसद सम्पर्कमा नहुँदा विश्वासको मत पाउने अवस्था क्षीण बन्दै गएको छ ।

बिहीबार बिहान काठमाडौंमा ७ सांसदसँगको तस्बिर राख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर