सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं- रमेश लेखक (भिडिओ) – Nepal Press

सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं- रमेश लेखक (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको संवैधानिक भूमिका दावी गरिरहेको नेपाली कांग्रेसले अहिलेको सत्ता साझेदार दलहरुबीच सैद्धान्तिक र वैचारिक विषयमा व्यापक विवाद देखिएको टिप्पणी गरेको छ ।

सरकारमा सहभागी नभएका विपक्षी दलहरुको बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री प्रकरणमात्र नभएर सरकारमा सहभागी दलहरुबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएकाले आफूहरुले सुक्ष्म ढंगले हेरिरहेको टिप्पणी गरे ।

कांग्रेस सभापति देउवासहित माधव कुमार नेपाल र महन्थ ठाकुरबीच भएको छलफलमा पनि सत्ता साझेदार दलहरुबीच बढिरहेको दूरीका सन्दर्भमा छलफल भएको थियो । पूरानै गठबन्धन व्युँताउन सकिने बारेमा नेताहरु छलफलमा छन् ।

बैठकपछि नेकपा एसका अध्यक्ष माधव नेपालले गृहमन्त्री रवि लामिछाने नै फर्किन चाहेको र प्रधानमन्त्री दबाबमा परेकोबारे अहिले आफूले केही बोल्दा विग्रने भन्दै पर्खिएर हेर्न ठिक हुने बताए । अर्का नेता महन्थ ठाकुरले भने कानून बमोजिम हुनुपर्ने टिप्पणी गरे ।

प्रतिक्रिया

One thought on “सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं- रमेश लेखक (भिडिओ)

  1. कस्को हेरिरहेको ओलि प्रचण्डको कि देउवाको ? परिस्थिति । कि अरू नै सोचेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर