सत्तापक्षकै सांसदको जुहारीपछि कांग्रेसको प्रतिक्रिया- यो तमासाको सरकारबाट संविधानको रक्षा हुँदैन
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट संविधानको रक्षा नहुने दाबी गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदको जुहारी परेपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यस्तो दाबी गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हामीलाई सन्चो भएको छ । हाम्रो काम पनि उहाँहरुले नै गरिदिनुभएको छ । विपक्षी दलको काम पनि सत्ता पक्षले गरेपछि हाम्रो काम थोरै हल्का भएको छ ।’
अहिलेको आधारभूत विषयमै मतान्तर भएको सरकार भएकाले कसैकाे बारेमा कसैसँग कुरा नमिल्ने उनले तर्क गरे ।
सांसद लेखकले भने, ‘एकथरि सरकारमा रहेका साथीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गरिरहेका छन् । अर्कोथरि यो देशमा गणतन्त्र त कुनै हालतमा हुँदैन भनिराख्नुभएको छ । आजै तपाईंहरुले सुनिराख्नुभयो राजतन्त्र ल्याउने कुरा भइरहेको छ । अर्कोथरि संघीयता कुनै हालमा हुँदैन भनिरहेका छन् । यो त तमासाको सरकार भयो ।’
आजको प्रतिनिधिसभाको बैठक हेरेपछि यो सरकारले देश र जनताको लागि केही गर्न नसक्ने प्रस्ट भएको उनले टिप्पणी गरे ।
उनले भने, ‘मैले त सय दिनसम्म कुनै प्रतिक्रिया गर्दिनँ भनेको हो । तर, आज साथीहरु जुन रुपले प्रस्तुत हुनुभयो । त्यसले लक्षण राम्रो देखिएको छैन । यो सरकारबाट संविधानको रक्षा हुन्छ भन्ने विषयमै आशंका बढ्यो ।’
सासद नभएको मान्छे मन्त्री भयो भने नाकको ढाडी बाच्छु भन्ने मान्छे आँफै मन्त्री हुन रोईलो किन गरेका हुन नयाँ जोगी
लुटेरा, र्यालेहरूको सरकारले त भारतलाई देशै बेचिदिन्छ ।