फक्सवागनले ल्यायो स्वीच टू प्रिमियम कार कल्चर एक्सचेन्ज योजना – Nepal Press

फक्सवागनले ल्यायो स्वीच टू प्रिमियम कार कल्चर एक्सचेन्ज योजना

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले स्वीच टू प्रिमियम कार कल्चर एक्सचेन्ज योजना ल्याएको छ । योजना यही माघ १८ गते देखि देशव्यापी रूपमा एक्सचेन्ज सुरू हुने कम्पनीले बताएको छ ।

पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्दा पुरानो गाडीको बजारमा पाउने मूल्यांकनभन्दा राम्रो मूल्यांकन दिइने कम्पनिको दाबी रहेको छ ।

साथै, योजना अवधिभर ग्राहकले विभिन्न अतिरिक्त सुविधा पनि प्राप्त गर्न सक्ने साथै निःशुल्क एक्सेसरिज, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी ३ जना भाग्यसाली ग्राहकले लक्जरी रिसोर्टमा स्टेकेशन पनि जित्न सक्ने समेत कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *