परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता – Nepal Press

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबीच सोमबार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर