डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन – Nepal Press

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख व्यक्ति भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

भट्टचनले केही समयका लागि आफू अध्यक्ष चयन भएको बताए । उनी प्रभु टीभीका संस्थापकसमेत हुन् । प्रभु डिसहोममा मर्ज भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *