रवि नागरिकता लिन आज काठमाडौं प्रशासन जाने – Nepal Press

रवि नागरिकता लिन आज काठमाडौं प्रशासन जाने

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले नेपाल प्रेसलाई बताए ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ ।

रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर