२९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर (सूचीसहित) – Nepal Press

२९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर (सूचीसहित)

९ जनाले पुन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए

काठमाडौं । सरकारले विभिन्न २९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार कतिपय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतले दोहोर्‍याएर अर्को गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

कतिपय शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट अन्य मन्त्रालय, निकाय आयोग र कार्यालयमा पठाएको छ ।

कतिपय मन्त्रालय, निकाय आयोग र कार्यालयमा कार्यरत शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको छ ।

हेरफेर भएको सूची अनुसार सबैभन्दा बढी ११ जना शाखा अधिकृत गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट विभिन्न निकायमा सरुवा भएका छन् भने ९ जनालाई विभिन्न निकायबाट सरुवा गरेर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै ९ जनाले दोहोर्याएर एक गाउँपालिकाबाट अर्को गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *