म्याग्दीको बेनीमा ग्लोबल आइएमईको ६३औं एक्सटेन्सन काउन्टर सञ्चालन – Nepal Press

म्याग्दीको बेनीमा ग्लोबल आइएमईको ६३औं एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका- ४, तातोपानीमा बैंकको ६३औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिनेलगायतका सेवा उपलब्ध हुनेछन् ।

बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *