कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री – Nepal Press

कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको छनोट गरेको छ । माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीको नाम टुंग्याएको हो ।

जसअनुसार कृष्ण जिसीले कानून, मंगलबहादुर शाहीले भौतिक पूर्वाधार जलस्रोत तथा ऊर्जा विकास र भीमप्रकाश शर्माले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले यसअनुसार आफ्नाे मन्त्रिपरिषद् विस्तार गरिएकाे कर्णालीका प्रदेश प्रमुखसमक्ष जानकारीसमेत गराएका छन् ।

नेकपा एमालेले भने मन्त्री हुने सांसदहरुको छनोटमा नै रहेको छ । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहणको तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर