जिम्मेवारी पाएको ८ दिनपछि मन्त्री अब्दुल खानले सम्हाले पदभार (भिडिओ) – Nepal Press

जिम्मेवारी पाएको ८ दिनपछि मन्त्री अब्दुल खानले सम्हाले पदभार (भिडिओ)

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले जिम्मेवारी पाएको ८ दिनपछि पदभार सम्हालेका छन् ।

पुस ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खान माघ ३ मा खानेपानीमन्त्री बनेका थिए । तर, पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालय गएका थिएनन् ।

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर जिम्मेवारी सम्हाले । पदभार ग्रहण गर्दै मन्त्री उनले सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए ।

स्वच्छ खानेपानीको अभावले लाखौं मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरूवात गर्नुपर्नेमा उनले जोड दिए । खानेपानीसम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनले योजना सुनाए ।

मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशनसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर