नेपालमा दोहोरो नागरिकता लिन पाइँदैन, गृहमन्त्रीबाट कानून मिचियो : भीम रावल
काठमाडौं । एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।
‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ । गृहमन्त्रीबाट कानून मिचिएको छ ’, उनको भनाइ छ ।
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ ।
संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो।गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ।गृहमन्त्रिबाट कानून मिचिएको छ।
— Bhim Rawal, PhD (@BhimRawal179) January 25, 2023