विदेशी मुद्राको विनिमय दर कति छ आज? – Nepal Press

विदेशी मुद्राको विनिमय दर कति छ आज?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक युरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ४७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी युके एक पाउन्डको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा, स्वीस फ्रन्सको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने आष्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ०८ पैसा र बिक्रि दर ९१ रुपैयाँ ५० पैसा कायम रहेको छ ।

सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्री दर ९९ रुपैयाँ १८ पैसा, क्यानडीयन डलरको खरिद दर ९७ रुपैयाँ ३२ पैसा र बिक्री दर ९७ रुपैयाँ ७७ पैसा कायम रहेको बैंकले जनाएको छ ।

साउदी अरेवियन रियालको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७६ पैसा, कतारि रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ २२ पैसा र बिक्री दर ३० रुपैयाँ ४६ पैसा कायम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *