मुख्यमन्त्री हेटौँडा आइनपुगेपछि मन्त्रालय घटाउने कार्यदलले बुझाउन पाएन प्रतिवेदन – Nepal Press

मुख्यमन्त्री हेटौँडा आइनपुगेपछि मन्त्रालय घटाउने कार्यदलले बुझाउन पाएन प्रतिवेदन

हेटौँडा । वागमती प्रदेशमामा मन्त्रालयको संख्या घटाउनको लागि संख्या निर्धारण गर्न बनेको कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आइनपुगेपछि प्रतिवेदन बुझाउने कार्य स्थगित भएको छ ।

प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेपनि आज मुख्यमन्त्री नभएपछि उक्त कार्यक्रम स्थगित भएको हो ।

१५ दिनभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझ्नको लागि निर्देशनसहित गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलल पदभार ग्रहण गरेको दिननै मुख्यमन्त्री कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।

निरौला संयोजक रहेको कार्यदलले तोकिएको समयमानै प्रतिवेदन तयार पारेर आज बुझाउने तयारी गरेको थियो । सोहि अनुसार मुख्यमन्त्री जम्कट्टेललाई पनि भनिएको थियो । तर काठमाडौं रहेका मुख्यमन्त्री जम्कट्टेल धादिङ हुँदै आउन लागेकोले हेटौँडा अबेर राति मात्र आइपुग्ने देखिएपछि आज प्रतिवेदन बुझाउन नसकिएको संयोजक निरौलाले बताए ।

प्रदेशमा हाल रहेको १४ वटा मन्त्रालय धेरै भएको जनगुनासो बढेपछि सत्तारुढ गठबन्धनले मन्त्रालयको संख्या कटौतीमा सहमती गरि कार्यदल निर्माण गरेको थियो ।

कार्यदलले घटिमा १० तथा बढिमा ११ मन्त्रालय हुने गरि प्रतिवेदन तयार पारेको निरौलाको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर