नेप्से परिसूचक दोहोरो अंकले घट्याे – Nepal Press

नेप्से परिसूचक दोहोरो अंकले घट्याे

काठमाडौँ । साताको पहिलो कारोबारका दिन (सोमबार) नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार सार्वजनिक विदा भएकाले सेयर बजार बन्द थियो ।

सोमबार नेप्से १३.७१ अङ्कले घटेर २ हजार १६५.१० बिन्दुमा रोकिएको छ । कारोबार खुलेको केहि समयमै नेप्सेले २२ सयको बिन्दुलाई पार गरेको थियो । यद्यपी कारोबारको अन्तमा भने बजार ओरालो लगेर बन्द भएको छ । आजको कारोबारमा १ कारोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयरको किनबेच भएको हो ।

बजारमा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपिँया बाराबरको कारोबार भएको छ । आज आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ४ वटा कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत भन्दा माथिले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *