प्रधानमन्त्रीले सचिवालयमा ७ जनालाई गरे नियुक्ति – Nepal Press

प्रधानमन्त्रीले सचिवालयमा ७ जनालाई गरे नियुक्ति

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरेका छन् । उनले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका हुन् ।

यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह-सचिवमा गोकर्ण भट्टलाई नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर