नेपालकी सुश्मा एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा – Nepal Press

नेपालकी सुश्मा एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं। नेपाली महिला बक्सर सुश्मा तामाङ एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् ।

थाइल्यान्डमा जारी प्रतियोगितामा मंगोलियाकी खेलाडीलाई हराएर सुश्माले कम्तीमा रजत पदक पक्का गरेकी हुन् ।

नेपालले एसियालीस्तरको कुनैपनि बक्सिङ च्याम्पियनसिपमा यसअघि फाइनल यात्रा तय गर्न सकेको थिएन । सुश्माले ४८ केजीभन्दा मुनिको तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर