तरुण दललाई छिटै पूर्णता दिन आग्रहसहित नेताहरूको घरदैलोमा अध्यक्ष गुरुङ
नेपाल प्रेस
२०७९ माघ ७ गते १८:३४
काठमाडौं । तरुण दललाई छिटै पूर्णता दिन आग्रह गर्दै अध्यक्ष विद्वान गुरुङले शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
अध्यक्ष गुरुङले नेताहरू विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, विनोद चौधरी लगायतसँग भेट गरी तरुण दललाई छिटै पूर्णता दिन आग्रह गरेका हुन् ।
नेताहरूले केन्द्रीय समिति बैठक अगाडि नै तरुण दललाई पूर्णता दिन सके राम्रो सन्देश प्रवाह हुने बताएका छन् ।
भेटमा नेता सिटौलाले संगठनलाई अनुशासित ढंगले चलाउन आफूलाई सहज हुनेगरी कार्यसमिति निर्माण गर्न सुझाव दिएका छन् ।
बिहीबार गुरुङले महामन्त्री गगन थापालाई पनि भेटेका थिए ।
प्रतिक्रिया