उपेन्द्र यादव बालकोटमा- जसपाको असन्तुष्टि सम्बोधन गर्ने ओलीको आश्वासन – Nepal Press

उपेन्द्र यादव बालकोटमा- जसपाको असन्तुष्टि सम्बोधन गर्ने ओलीको आश्वासन

काठमाडौं । सत्ता साझेदार दलहरूको भागबण्डामा हेपिएको भन्दै असन्तुष्ट बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्ना सरोकारबारे छलफल गरेका छन् ।

ओली निवास बालकोट पुगेका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गरेका छन् । स्रोतका अनुसार यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् ।

अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने भनिएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा आउन चाहन्छन् ।

मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको र यो कुरा प्रधानमन्त्रीसँग पनि भएको बताएका छन् ।

जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गरेका छन् । चुनावमा पनि एमालेसँग मिलेर गएकाले अब पनि सोही अनुसार अघि बढ्ने र केही तलमाथि भएको आफूले मिलाउने आश्वासन ओलीले दिएका छन् ।

यादवले उपसभामुख निर्वाचनअघि ओलीसँग भेटेर आफ्नो सरोकार राखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर