उपसभामुखका लागि आज मतदान हुँदै – Nepal Press

उपसभामुखका लागि आज मतदान हुँदै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे  छ ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर