रास्वपाबाट उपसभामुख उम्मेदवार को ? संसदीय दलको बैठकले केहीबेरमा टुंग्याउँदै
नेपाल प्रेस
२०७९ माघ ६ गते ९:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ । उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बोलाइएको हो ।
सातदलीय गठबन्धनको भागबन्डामा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ ।
रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ ।
भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताए ।
प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया