प्रधानमन्त्री प्रचण्ड र ओलीसँग भेटेपछि उपसभामुखमा सोविता गौतम ‘फिक्स’ – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र ओलीसँग भेटेपछि उपसभामुखमा सोविता गौतम ‘फिक्स’

गौतमलाई ओलीले भने- भोलिका लागि तयार रहनुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको छलफल भएको छ ।

भोलि हुने उपसभामुखको उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग गौतमको छलफल भएको हो ।

छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका थिए ।

ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको राम्रो छ । भोलिको लागि तयार रहनुस् ।’

यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।

तर, प्रधानमन्त्री प्रचण्ड र ओलीसँग भेटेपछि उपसभामुखमा गौतम पक्का भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर