रोनाल्डोविरुद्ध मेसी- हेड टु हेडमा कसको शक्ति बेसी ? – Nepal Press

रोनाल्डोविरुद्ध मेसी- हेड टु हेडमा कसको शक्ति बेसी ?

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी), साउदी अरबको अल नासर र अल हिलालको संयुक्त टीम रियाद ११ बीच बिहीबार राति प्रतिस्पर्धा हुँदा सम्भवत लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो अन्तिम पटक आमनेसामने हुँदैछन् ।

नेपाली समय अनुसार राति १०:४५ बजे सुरू हुने खेल रोनाल्डोको अल नासर बाट डेब्यू खेल हुनेछ । पीएसजीविरुद्ध रियाद ११ को कप्तानी पनि रोनाल्डोले नै गर्ने छन् ।

आफ्नो सक्रिय खेल जिवनको आधाभन्दा बढी समय यूरोपमा बिताएका रोनाल्डो गत डिसेम्बरमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गर्दै बाँकी खेल जीवन एसियामा बिताउन आएका छन् । रोनाल्डो एसिया आउनुको अर्थ मेसीसँग कमै खेलमा आमनेसामने हुने मौका उनलाई मिल्छ । जसका कारण, आजको खेल विश्व फुटबलप्रेमीहरूका पर्खाइको क्षण हुनेछ ।

के मेसीले रियाद ११ विरुद्ध खेल्छन् ?

मेसी पीएसजीको टीमसँगै साउदी भ्रमणमा रहेका छन् । एक दिन अगाडि कतारमा टीमसँगको ट्रेनिङ गरिरहेको उनको फोटो सामाजिक सञ्जालमा राखिएको छ । रोनाल्डोसँग खेल्ने यो मेसीको अन्तिम अवसर हुन सक्छ त्यसैले पनि उनले आजको खेलमा खेल्ने पक्काजस्तै छ । पीएसजी आफ्नो पूरै टीमसहित रियाद ११ विरुद्धको खेलमा उपस्थित भएको छ । जहाँ नेइमार र किलियन एम्बाप्पे पनि हुनेछन् ।

विश्वकपमा च्याम्पियन बनेर क्लब फुटबलमा फर्किएपछि पछिल्लो समय मेसीले ९० मिनेट रेन्नसविरुद्ध खेलेका थिए । उक्त खेलमा पीएसजी १-० गोलको नतिजामा पराजित भएको थियो ।

मेसी भर्सेस रोनाल्डोको इतिहास

फुटबल इतिहासका दुई महान खेलाडीहरू मेसी-रोनाल्डो मैदानमा सँगै खेल्नु नौलो कुरा हैन । स्पेनमा रियाल मड्रिड-बार्सिलोना आमनेसामने हुँदा कयौं पटक यी दुईजना आमनेसामने भएका छन् ।

क्लब फुटबलमा ३४ खेलमा आमनेसामने हुँदा मेसीले तीमध्ये १५ खेल जितेका छन् भने २१ गोल गरेका छन् । रानाल्डोले १० खेलमा जित निकालेका छन् । र, ९ खेल बराबरीको नतिजामा सकिएको छ । जहाँ रोनाल्डोको नाममा २० गोल छ ।

आफ्नो देशका लागि प्रतिनिधित्व गर्दा मेसी र रोनाल्डो दुई पटकमात्रै एकअर्काविरुद्ध खेलेका छन् । पहिलोपटक सन् २०११ मा अर्जेन्टिना र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा मेसी र रोनाल्डो दुवैले गोल गरेका थिए ।

हालसम्म ३६ खेलमा आमनेसामने हुँदा मेसीले १६ र रोनाल्डोले ११ खेल जितेका छन् । ९ खेल बराबरी भएको छ । मेसीले २२ गोल गर्दा रोनाल्डोले २१ गगोल गरेका छन् । अन्तिम पटक मेसी र रोनाल्डोको भेट २०२० को डिसेम्बरमा बार्सिलोना र युभेन्टस च्याम्पियनन्सलिगमा भड्दा भएको थियो । त्यसपछि रोनाल्डो इटालीयन क्लब युभेन्टस छाडेर १२ वर्षपछि युनाइटेड फर्किएका थिए । भने, मेसी पीएसजीमा अनुवन्ध भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर