न्यूजिल्यान्डविरुद्ध गिलको दोहोरो शतक – Nepal Press

न्यूजिल्यान्डविरुद्ध गिलको दोहोरो शतक

काठमाडौं । शुबमन गिलको दोहोरो शतक प्रेरित भारतले न्यूजिल्यान्डलाई जारी एकदिवसीय श्रृङखलाको पहिलो खेलमा ३ सय ५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

राविज गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम उप्पाल हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतका लागि गिलले आक्रामक इनिङ खेले । उनले १ सय ४९ बल खेल्दै १९ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक २ सय ८ रन बनाए ।

कप्तान रोहित शमा ३४ रनमा आउट हुँदा विराट कोहली ले ८ रन र इशान किशानले ५ रन जोडे । सूर्यकुमार यादव ३१ रन बनाएर पभेलियन फर्किएका थिए । हार्दीक पाण्डे २८ रन र वासिङटन सुन्दर १२ रनमा आउछ हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्यूजिल्यान्डका हेनरी शिप्ली र ड्रायल मिचेलले समान दुई विकेट लिए भने । लोकीइ र्फग्युसन, ब्लेयर टिकनेर, मिचेल सान्टनरले एक–एक विकेट लिए ।

हाल न्यूजिल्यान्ड समान तीन खेलको एकदिवसीय र तीन टी–२० अन्तर्राष्ट्रिय श्रृङखलाका लागि भारत भ्रमणमा रहेको छ । दोस्रो एकदिवसीय शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर