सभामुखको उम्मेदवारीपछि घिमिरेले भने- सहमतिको आधारमा संसदलाई अगाडि बढाउँछु, राजनीतिक पूर्वाग्रह राख्दिनँ (भिडिओ) – Nepal Press

सभामुखको उम्मेदवारीपछि घिमिरेले भने- सहमतिको आधारमा संसदलाई अगाडि बढाउँछु, राजनीतिक पूर्वाग्रह राख्दिनँ (भिडिओ)

काठमाडौं । सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफू सभामुख निर्वाचित भइसकेपछि संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताएका छन्।

सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउँछु। म आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्छु।’

उनले आफनो जित सुनिश्चित भएको जिकिर गरे। उनले विगतबाट शिक्षा लिँदै संसदमा प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर